काठमाडौँ । एनआईसी एशिया बैंकले बैंकका ऋणीहरुका लागि कर्जा चुक्ता गर्दा छुटको योजना ल्याएको छ । बैंकले कमशल कर्जा, शंकास्पद र खराब कर्जा गरी ३ प्रकारका कर्जामा छुटको स्किम ल्याएको हो ।
बैंकले कर्जा तिर्दा ल्याएको यस्तो छुट स्किममा ऋण तिर्ने ऋणीहरुले जरिवाना तथा हर्जानामा शत प्रतिशत छुट पाउने र ब्याजमा १० देखि २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकको उक्त योजनामा कमशल कर्जामा १० प्रतिशत, शंकास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकबाट लिएको किस्ता र ब्याज तिर्दा वा सम्पूर्ण ऋण चुक्ता गर्दा पाइने छुटका लागि ऋणीहरुले २०८० चैत मसान्तभित्र बैंकमा तिर्न बाँकी कर्जा, कर्जाको किस्ता ब्याज भुक्तानी गर्नुपर्नेछ । ‘२०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट प्रदान गरिनेछ ।’, बैंकको सूचनामा उल्लेख छ ।
त्यस्तै, बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्धेश्यले यस्तो योजना ल्याएको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्