×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर निष्कासनमा आउने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

PRIME CA

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर निष्कासनमा आउने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो ।
कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरुमा जारी गर्दैछ । हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: