×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओ ल्याउने प्रस्तावसहित सानिमा लाइफ इन्स्योरेन्सले बोलायो जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा (विवरणसहित)

PRIME CA

आइपीओ ल्याउने प्रस्तावसहित सानिमा लाइफ इन्स्योरेन्सले बोलायो जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा (विवरणसहित)

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ ल्याउने प्रस्तावसहित जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रधान कार्यालय कमलादीमा बिहान ११ बजे बोलाएको हो । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ भने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । 
यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: