×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मिटर रिडिङ नभएका ग्राहकबाट जरिवाना नलिनू, लिइएको रकम पनि अर्को महिना मिलान गर्नू’ : ऊर्जामन्त्री पुन

LAXMI SUNRISE BANK

‘मिटर रिडिङ नभएका ग्राहकबाट जरिवाना नलिनू, लिइएको रकम पनि अर्को महिना मिलान गर्नू’ : ऊर्जामन्त्री पुन

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकहरुबाट जरिवाना नलिने भएको छ । कोरोना भाइरसको महामारीका कारण समयमै मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको हो ।
ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेका थिएनन्। कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन् । मन्त्री पुनले यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी