काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं. ०२ घर भई हाल काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय विधान कार्की पक्राउ परेका छन् ।
उनले आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाईदिने भन्दै पीडितबाट ५० लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बैशाख २४ गते मिनभवनबाट पक्राउ गरेको हो।
कार्कीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।