×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीका विषयमा लामिछानेमाथि छानविन समिति बनाउन प्रचण्ड तयार, रविले देलान् राजिनामा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहकारी ठगीका विषयमा लामिछानेमाथि छानविन समिति बनाउन प्रचण्ड तयार, रविले देलान् राजिनामा ?

Artha Sarokar

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल थालेका छन् ।

कांग्रेसले संसद्मा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गरेका हुन् ।

गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको विषयमा आरोप लागेपनि प्रधानमन्त्री, सत्ता गठबन्धन र राज्यका संरचनाहरु लागेर लामिछानेलाई चोख्याउने प्रयास भएको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । तर छानविन समिति बनेपछि पदबाट राजीनामा दिनुपर्ने भयले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने भने त्यसलाई जसरी पनि टार्ने जोडबलमा छन् ।

कांग्रेसले यसअघि शुक्रबारको बैठकमा संसदीय छानविन समिति नबनाएसम्म सदन चल्न नदिने अडान प्रस्तुत गरेको थियो । सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । तर कांग्रेसले भने संसदीय छानविन समिति नबने नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने अडान अघि सारेको छ ।

छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका छन् । उनले भने’ ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरा राखेका छौँ । प्रधानमन्त्री हाम्रो कुरामा सकारात्मक हुनुहुन्छ ।’

सो छलफल कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी