×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वानएक्स बेटमार्फत २ अर्ब १ करोडको कारोबार गर्ने एक युवक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वानएक्स बेटमार्फत २ अर्ब १ करोडको कारोबार गर्ने एक युवक पक्राउ

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म वानएक्स बेटमार्फत अवैध कारोबार गर्ने एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेको हो ।

ढुंगाना वानएक्स बेट, जुवा ३६५ बेटिङ एपका एजेन्ट रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ढुंगानाले विभिन्न बैंक खाता तथा वालेटको प्रयोग गरेर दुई अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रुपैयाँको कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगानाले ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको खुलेको छ ।

त्यस्तै, १५ वटा वालेटहरु प्रयोग गरी ५ करोड र ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।

उनले आफु जुवा ३६५ बेटिङ वेबसाइटको सञ्चालक भएको भन्दै अवैध रुपमा कारोबार गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । काभ्रे घर भई हाल भक्तपुरका सूर्यबिनायक बस्दै आएका ढुंगानाले बैंकमार्फत मात्रै ६१ करोड ६४ लाख ५९ हजार १ सय २० रुपैयाँको कारोबार गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

एसएसपी भट्टराईका अनुसार ढुंगानाले विभिन्न वालेटमार्फत ५ करोड ९३ हजार ७ सय ८२ रुपैयाँ कारोबा गरेको र १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २ सय रुपैयाँ क्रिप्टोकरेन्सीमार्फत कारोबार गरेको देखिएको छ । हाल पक्राउ परेका ढुंगानालाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी