Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला बस्तीपुर १९ घर भएका ३० वर्षीय नेमा रिन्जिन, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ०९ घर भएका ३४ वर्षिया चन्द्र माया थापा कार्की, ललितपुर महानगरपालिका वडा नं.०९ इमाडोल घर भएका ५५ वर्षीय प्रकाश बज्राचार्य र ५६ वर्षीया कल्पना बज्राचार्य रहेका छन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । पक्राउ परेका मध्ये रिन्जिनले बेलायत पठाईदिने भन्दै १० जना पीडितहरुबाट ५६ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, चन्द्र माया थापा कार्कीले स्पेन पठाईदिने भन्दै दुई लाख रुपैयाँ ठगी गरेकी थिइन् ।
प्रकाश बज्राचार्य र कल्पना बज्राचार्यले क्यानडा पठाईदिने भन्दै ३ जना पीडितहरुबाट १५ लाख रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका चार जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK