×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ‘ठग’ जीबी राईको राहदानी रद्द गर्न पत्राचार 

LAXMI SUNRISE BANK
GLOBAL

सहकारी ‘ठग’ जीबी राईको राहदानी रद्द गर्न पत्राचार 

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले सहकारी ‘ठग’ गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

प्रहरीका अनुसार राईको राहदानी रद्द गर्न भन्दै राहदानी विभागलाई पत्र पठाइसकिएको छ । योसँगै अब राहदानी विभागले आवश्यक प्रक्रिया पुरा गरेर राईको राहदानी रद्द गर्ने तयारीसमेत थालेको बुझिएको छ  ।

देशभर सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताको १६ अर्ब भन्दा धेरै रकम हिनामिना गरेका राईविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन र रेड नोटिस जारी गरिसकेको छ । 

मलेसियामा अपार्टमेन्ट नै किनेर लुकेर बसेका राईलाई पक्राउ गरी नेपाल पठाउनका लागि सरकारले मलेसियन सरकारलाई कूटनीतिक पत्र पठाएको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी