×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख बढी, मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNRISE BANK

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख बढी, मृत्यु हुनेको संख्या कति ?

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख नाघेको छ । विश्वमा ३ करोड २७ लाख ४६ हजार १ सय ३४ जना संक्रमण भएको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । संक्रमण पुष्टी हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७० लाख ७७ हजार ४ सय ५० पुगेको छ। त्यस्तै भारतमा ५९ लाख ३ सय ९ सय ३२, ब्राजिलमा ४७ लाख १७ हजार ९ सय ९१ र रुसमा ११ लाख ३८ हजार ५ सय ९ जनामा संक्रमण पुष्टी भएको तथ्यांक रहेको छ । 
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार ९ सय ४६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।  विश्वभर दुई करोड २६ लाख १४ हजार ४८ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमितको संख्या ५९ लाख ३ हजार ९ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९३ हजार ३ सय ७९ पुगेको छ। भारतमा हालसम्म ४८ लाख ४९ हजार ५ सय ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी