Skip to content
LAXMI SUNRISE BANK

लघु बीमकहरुको छाता संगठन ‘नेपाल लघु बीमक संघ’ नामको गैर सरकारी संस्था दर्ता

अर्थ सरोकार

काठमाडौँ । लघु बीमकहरुको छाता संगठन ‘नेपाल लघु बीमक संघ’ नामको गैर सरकारी संस्था दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३ गते विधिवत रुपमा ‘नेपाल लघु बीमक संघ’ नामको गैर सरकारी संस्था दर्ता भएको हो ।

देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी सङ्घसंस्थासँग समन्वय गरी लघु बीमा सेवालाई स्तरीय तथा भरपर्दो बनाउँदै न्यून आय वर्ग तथा दूरदराजका नागरिकमा बीमाको पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी समावेशी बीमाको अवधारणालाई मूर्त रूप दिनका लागि बीमा रक्षावरणको पहुँचबाहिर रहेका वर्ग समुदायलाई बीमाको दायरामा समेटी उनीहरूको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने, लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखी नेपालमा हाल ७ वटा लघु बीमा (जीवन र निर्जीवन) कम्पनी सञ्चालनमा छन् ।

यसैगरी नवगठित संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेका छन् ।

भण्डारीको अध्यक्षतामा गठित कार्यसमितिमा स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै, कार्यसमितिको सदस्यमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ रहेका छन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK