×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चक्रदेवी सहकारीमा तोडफोड, कर्मचारी कुट्ने ९ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चक्रदेवी सहकारीमा तोडफोड, कर्मचारी कुट्ने ९ जना पक्राउ

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारीमा तोडफोड गरेको आरोपमा पोखराबाट ९ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारीमा तोडफोड गरेको भन्दै कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे-५ रिभानमा ३६ वर्षीय प्रकाश बिक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा-२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन विक, २७ वर्षीय सञ्जीव सुनार,
पोखरा-२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका वर्षीय ४२ की विष्णु बोहरा रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले सहकारीको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपात गरेका थिए ।

उनीहरुले सहकारीको कार्यालयमा रहेका टेलिफोन तथा इन्टरनेटको तारसमेतमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी