×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारी ठगहरुलाई सरकारले जोगायो’- चित्र बहादुर केसी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सहकारी ठगहरुलाई सरकारले जोगायो’- चित्र बहादुर केसी

Artha Sarokar

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ‘ठग’लाई सरकारले जोगाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । 

उनले सहकारी ठगीका विषयमा यति धेरै प्रश्न उठ्दा पनि सरकार मौन बस्नुले सहकारी ठगी गर्नेलाई जोगाउन सरकारले षड्यन्त्र गरेको पुष्टि हुने बताएका छन् ।

त्यस्तै, सांसद केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गरेका छन् ।

‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ ।’, उनले भने, ‘यो लोकतन्त्र र गणतन्त्रमाथिकै आक्रमण हो । त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रम पनि समर्थन गर्दैनौं, विरोध गर्दछौं ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी