काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि सो रकम बराबरको बजेट विनियोजन गरेको बताएका हुन् ।
हाल वृद्ध भत्ताको रुपमा ६८ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता उपलब्ध गराइँदै आएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि भन्दै विनियोजन गरेको रकम ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई वितरण गरिनेछ ।