Skip to content
LAXMI SUNRISE BANK

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ सम्पन्न

अर्थ सरोकार

काठमाडौं। विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात (एभरेष्ट डे) को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेसनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

सोलुखुम्बुको खुम्बु गाउँपालिका स्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बिच सम्पन्न मैत्रीपूर्ण प्रतिष्पर्धामा नेपालकी भगवती खड्का बिजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो विश्व रेकर्ड हुने दावी गरिन् र यसलाई हास्य प्रस्तुति सहित हास्य कलाकार शिव शंकर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए । 

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पा स्थानीयले सहजीकरण गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK