Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा जिल्ला साविक झ्याकु गाउँ विकास समिति वडा नं. ९ परिवर्तित हाल गौरीशंकर गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार बस्ने ४१ वर्षीय नवराज बस्नेत पक्राउ परेका छन्। 

जिल्ला अदालत भरतपुर, चितवनले बैशाख ३० गते पक्राउ गर्न अनुमति दिएको थियो।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ १४ गते गोठाटारबाट पक्राउ गरेको हो। 

हाल उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यलय चितवन पठाइएको प्रहरीले जनाएको छ। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK