काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा जिल्ला साविक झ्याकु गाउँ विकास समिति वडा नं. ९ परिवर्तित हाल गौरीशंकर गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार बस्ने ४१ वर्षीय नवराज बस्नेत पक्राउ परेका छन्।
जिल्ला अदालत भरतपुर, चितवनले बैशाख ३० गते पक्राउ गर्न अनुमति दिएको थियो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ १४ गते गोठाटारबाट पक्राउ गरेको हो।
हाल उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यलय चितवन पठाइएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्