काठमाडौँ । बैंक अफ दी एयर २०२३ बन्न सफल भएको प्रभु बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्राप्त गरेको छ । इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा बैंकले गोल्ड अवार्ड प्राप्त गरेको हो ।
बैंकले आफ्नो डिजिटल इकोसिष्टमलाई अपग्रेड गर्दै ग्राहकको सुविधा र सुरक्षालाई ध्यान राखेर सेवा प्रदान गरेको भन्दै इन्फोसिस फिनाकल इनोभेसन प्रदान गरिएको अवार्ड प्रदायकले जनाएको छ ।
१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोटमा परेको थियो ।