×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर  लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर असोज २ गतेदेखि लिलामीमा आएको हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । 
एनआइसी एसिया बैंकले यसअघि ३ पटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि चौथो पटक फेरि बिक्रीमा ल्याइएको हो । यसमा न्यूनतम १०० कित्ताका लागि र अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।
एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी