
काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाए नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरेरनगरेको जस्ता विषयमा अनुगमन थालिएको हो ।
बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर नै जारी रहने जनाइएको छ । अनुगमनका क्रममा स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइबुझाई गरी छाडिएको तर आगामी दिनमा दोहोरिएमा कारवाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
उनले कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा अस्थायी जाँचचौकी राखी सवारी साधनको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए । भाडाका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रहसमेत गरिएको छ ।
यातायात व्यवसायी तथा सञ्चालकलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न नियमित सरसफाइ गर्न, यात्रुको सुविधाका लागि पर्याप्त सवारी साधन चलाउन, सवारीमा यात्रु कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्न भनिसकेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्