×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौसम :आजदेखि लगातार झरी नपर्ने, भोलिदेखि भने मौसम खुल्दै जाने

LAXMI SUNRISE BANK

मौसम :आजदेखि लगातार झरी नपर्ने, भोलिदेखि भने मौसम खुल्दै जाने

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आजदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर भोलिदेखि भने मौसम खुल्दै जाने उहाँले बताउनुभयो । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी