काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत अरनिको राजमार्ग सफाइ अभियानको थालनी गरेका छन् । ‘विश्व वातावरण दिवस २०२४’ को अवसरमा अध्यक्ष ओलीले सफाइ अभियानको थालनी गरेका हुन् ।
उनले कौशलटार चोकमा रहेको आकाशे पुलबाट बेलुन उडाएर अभियानको थालनी गरेका छन् । अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाइ अभियानका सदस्यहरूलाई हौसला दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानर सहित र्याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए ।
सो कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विभिन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः