Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा जोड दिइने

अर्थ सरोकार

काठमाडौं।  आइसिटी फाउण्डेसन नेपालले जेठ २५ गते शुक्रबारदेखि काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभ तेस्रो संस्करण आयोजना गर्ने भएको छ। डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । 

एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ वक्ताहरु रहेका छन् ।

काठमाडौंको म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गर्नेछन् भने समापन पावर संवादमार्फत केपी शर्मा ओलीले गर्नेछन् । सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरू रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

कन्क्लेभमा डिजिटल नेपालको लागि नवीनतम प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि रुपमा अवसर प्रदान गरिएको छ, जसमा करिब २० वटा डिजिटल इनिसिएटिभ्सहरू सोकेसमा रहनेछन् ।

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन, डिजिटल गभर्नेन्स र डेटा फर डेभलपमेन्ट, डिजिटल इकोनमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसिप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरूमा सेसन र प्रस्तुतिहरू रहेका छन् ।

वर्षको ठूलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरू, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरू सहित ५०० बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । इच्छुकले सहभागिताको लागि वेबसाइट बाट टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ । 

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत २ वर्ष आयोजकले ७ प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरूको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरू प्रकाशन गरिसकेको छ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, विद्युतीय सुशासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नास आईटी, क्यान महासंघ लगायतको सहकार्यमा हुन लागेको कन्क्लेभको कनेक्टेड बाइ पार्टनरमा नेपाल टेलिकम रहेको छ ।

 यस्तै टेक्नोलोजी पार्टनरमा स्मार्टन टेक्नोलोजी, बैंकिङ पार्टनरमा नबिल बैंक, डिजिटल पेमेन्ट पार्टनरमा इसेवा, इन्टरनेट पार्टनरमा डिसहोम फाइबरनेट, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, टिकेटिङ पार्टनरमा सस्तो टिकेट्स, स्याटलाइट इन्टरनेट पार्टनरमा क्यासिफिक, ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टिभी एचडी, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा टेक्नोरियो, आईएसएस, ग्लोबल स्पार्क रहेका छन् ।

साथै सहयोगी संस्थाहरूमा ग्लोबल आईएमई बैंक, इन्फोडेभलपर्स, आईएमई पे, राष्ट्रिय वाणिज्य बैंक, कोइली, वानपोइन्ट फाइनान्सियल सर्भिसेस, डायमानिक टेक्नोसफ्ट, जियो कृषि लगायत रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK