काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि गर्ने भारतको दुई दिने भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धनले बहुमत पाएको छ । भाजपा नेता मोदीले भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण गर्दैछन् । आइतबार साँझ हुने उक्त समारोहमा निम्ता मान्न प्रधानमन्त्री दाहाल जाने भएका हुन् ।
लोकसभाको निर्वाचन सकिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको थियो ।