Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्तले वृक्षारोपण गरी मनायो १२औं स्थापना दिवस

अर्थ सरोकार

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालय मार्फत वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

बिरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखी संस्थाको केन्द्रीय कार्यालयले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ को अग्नीसाइर मन्दिर परिसर र अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ र १ वडाहरु, शम्भुनाथ नगरपालिका वडा नं १ मा गरी करिब १५०० बिरुवा र वित्तीय संस्थाका अन्य शाखा कार्यालयले सदस्यलाई बिरुवा हस्तान्तरण गर्नुका साथै मन्दिर, स्कुल, अस्पताल परिसरमा करिब १०,००० वृक्षारोपण गरेका छन् ।

लघुवित्तले विश्वव्यापी तापमान वृद्धि, वायु प्रदुषण लगायत अन्य वातावरणीय समस्यालाई मध्य नजर गर्दै हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

१२ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले महुलीले समाजमा बेग्लै स्थान बनाउन सफल भएकोमा कर्मचारीहरूलाई विशेष धन्यवाद दिँदै समुदाय र सेवाग्राही सदस्यहरू प्रति पारदर्शीउत्तरदायी भई छिटो, सरल, सहज सेवा सँगै संस्थाको नारा सबैको लागी, सधैँको लागी व्यवहारिकरूपमै लागू गर्न निर्देशन दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK