×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

३२ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ। सभा जेठ ३१ गते बिहीबार ब्याङ्क्वेट, भाटभटेनी, टङ्गालमा सम्पन्न भएको हो। 

उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड बराबरको १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। हकप्रद सेयर जारीपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म चुक्ता पुँजी अढाइ अर्ब पुर्‍याउन यसअघि नै निर्देशन दिइसकेको छ।

विशेष साधारण सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

सभामा सेयरधनीहरुलाई कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराइएको थियो। कम्पनीले यो आर्थिक वर्ष जेठ २९ सम्म अर्ब ३६ करोड ७८ लाख बीमाशुल्क आर्जन गरेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी