Skip to content
LAXMI SUNRISE BANK

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी असार ३ गते (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार ३ गते परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको जानकारी गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK