काठमाडौँ । असारमा हिमालयन रिइन्स्योरेन्ससहित ४ कम्पनीको लकइन अवधि सकिने भएको छ । सेयर रजिस्टार कम्पनीका अनुसार असारमा हिमालयन रिइन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमा लकइन अवधि सकिने भएको हो ।
कम्पनीका अनुसार असारमा यी कम्पनीहरुमा म्यचुअल फण्ड तथा कर्मचारीहरुले होल्ड गरेको सेयरमा लकइन अवधि सकिन लागेको हो ।
जसअन्तर्गत हिमालयन रिइन्स्योरेन्समा म्युचुअल फण्डहरुले होल्ड गरेको १५ लाख कित्ता साधार सेयरमा १० गते लकइन अवधि सकिनेछ । ११ गतेदेखि म्युचुअल फण्डहरुले उक्त सेयर बिक्री गर्न पाउनेछन् ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्तमा कर्मचारीका लागि वितरण गरिएको ७ हजार ४ सय २४ कित्ता साधारण सेयर र संस्थापक समूहको १० लाख ८ हजार ३५ कित्ता सेयरमा असार २७ गते लकइन सकिनेछ । साथै, असार २२ गते जीवन विकास लघुवित्तमा कर्मचारीका लागि वितरण गरिएको ६७ हजार ३ सय ७६ कित्ता सेयर र संस्थापकहरुबीच खरिदबिक्रीका लागि ९० लाख ९५ हजार ७ सय ५२ कित्ता सेयरमा पनि लकइन सकिनेछ ।
यसका साथै असार ३१ गते हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमा पनि लकइन सकिँदैछ । कम्पनीले कर्मचारीका लागि वितरण गरेको ३ लाख २२ हजार ५ सय कित्ता सेयरमा लकइन सकिने भएको हो । लकइन अवधि सकिएपछि कम्पनीको उक्त सेयरका लागि दोस्रो बजारमा कारोबारको बाटो खुला हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्