- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्