Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट डेभलपमेण्ट बैंकले असोज २९ मा बोलायो बार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १२ औं वार्षिक साधारण सभा असोज २९ गते बोलाएको छ । कम्पनीको प्रधान कार्यालय पर्साको वीरगञजस्थित आदर्शनगरमा उक्त सभा हुने भएको छ । 
कम्पनीको उक्त सभामा बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव रहेको छ । त्यस्तै, आव २०७५/ ७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ । 
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असोज ९ गते बन्द गरिने छ । असोज ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र मतदान गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK