काठमाडौँ । राजश्व विभागले विद्युतीय गाडी बिवाईडी बिक्री गर्ने साइमेक्स इंक कम्पनीमा छापा मारेको छ । भन्सार छली गरेर गाडी भित्र्याउने सूचनाका आधारमा विभागले कम्पनीमा छापा मारेको हो ।
कम्पनीमाथि भन्सार र अन्तशुल्क छली गर्न विद्युतीय गाडीको किलोवाट क्षमता घटाएर भन्सार घोषणा गरेको आरोप छ ।
कम्पनीमा छापा मारेको राजश्व विभागले कम्पनीका सम्पूर्ण कागजात जफत गरेको छ भने थप केही कागजात कम्पनीसँग माग गरेको छ । हाल जफत गरिएका कागजातमाथि थप अनुसन्धान भइरहेको विभागका एक अधिकारीले बताएका छन् ।
विभागलाई प्राप्त सूचनाअनुसार कम्पनीले विद्युतीय गाडी आयात गर्दा भन्सार छली गरेको पुष्टि भए ४ अर्ब रुपैयाँ बिगो र जरिवानासहितको कारवाही हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्