×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

वित्तीय परामर्श अन्तर्गत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय नुन-संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

मिरा बायोटेक प्रा.लि. ले WHO मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी