Skip to content
LAXMI SUNRISE BANK

महान्यायाधिवक्ता कार्यालयको सुझाव : धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्छ

अर्थ सरोकार

काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि महान्यायाधिवक्ता कार्यालयले तीन जनाको नाम सिफारिस गर्न सुझाव दिएको छ। कार्यलयले दुई जनाको नाम मात्र सिफारिस गर्न नमिल्ने भन्दै धेरै अङ्क ल्याएका एक जनाको नाम थप गरी ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सुझाव दिएको हो। 

त्यस्तै,  अन्तर्वार्ताका लागि अनुपस्थित भएका तीन जनालाई पुन: सूचना जारी गरी बोलाउन सकिने विकल्प रहेको पनि कार्यलयले जनाएको छ। 

बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जनालाई अर्थ मन्त्रालयले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताको लागि बोलाएको थियो । तर, प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अध्यक्षका उम्मेदवार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । 

बाँकी तीन जना भने अन्तर्वार्ताका लागि उपस्थित नै नभएपछि यो प्रक्रिया थप पेचिलो बनेको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK