×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, बचतकर्ताको करिब ३ करोड रकम ठगी गरेको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, बचतकर्ताको करिब ३ करोड रकम ठगी गरेको आरोप

Artha Sarokar

१७ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिटि बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । बनेपामा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन्।

काभ्रेपलान्चोक जिल्ला साबिकको बनेपा नगरपालिका-६ अहिलेको बनेपा नगरपालिका-८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ अपचलन भएको थियो ।

बचतकर्ताले कानून बमोजिम ठगी मुद्दामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्दामा, मुद्दा दर्ता गरेको थियो।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी