Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

अर्थ सरोकार

काठमाडौं। नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यक्षमा सर्टलिस्ट भएर प्रस्तुतिकरण समेत दिएका सन्तोष नारायण श्रेष्ठले अदालतमा मुद्दा दायर गरेका हुन् ।

उनले अध्यक्ष सिफारिस समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा अध्यक्षका तीन जना उम्मेदवार अनुपस्थित भएको भन्दै प्रक्रिया रद्द गरेपछि अदालतमा मुद्दा दायर गरेका हुन्। 

असार १४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको सिफारिस समितिले अध्यक्ष चयन प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। 

बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जनामध्ये मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । बाँकी तीन जना भने अन्तर्वार्ताका लागि उपस्थित नै भएका थिएनन्। 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK