काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।