×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेबाट आईपीओ जारी गर्ने, प्रतिकित्ता ८२०.८० रुपैयाँ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेबाट आईपीओ जारी गर्ने, प्रतिकित्ता ८२०.८० रुपैयाँ 

Artha Sarokar

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर जारी गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आइपीओमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी