×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीका बस्तीमा बाढी पस्यो, उद्धार कार्य तिव्र (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलालीका बस्तीमा बाढी पस्यो, उद्धार कार्य तिव्र (फोटो-कथा) 

२४ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अझ आइतबार राती आएको बाढीले कैलारी गाउँपालिका–५ मनकापुर पुरानो बस्ती नै डुबाएपछि जनजीवन प्रभावित बनेको छ । 

कटैनी नदीमा राती आएको बाढी बस्तीमा पसेपछि मनकापुरसँगै बैशपुर, रतनपुर बस्ती पनि डुबानमा परेको छ । 

बाढीका कारण बस्तीका करिब २५ घर डुबाएको छ । बस्तीमा बाढी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा स्थानीयको वृद्धवृद्धा, बालबालिका, सुत्केरी तथा महिलाहरुको उद्धार गरिएको छ । हाल बाढी पसेको बस्ती जलमग्न छ भने अधिकांश घरमा बाढी पसेको छ । 

बाढीका कारण घरमा भएका खाद्यान्न, लत्ताकपडा, कागजात लगायतका सामानमा क्षति भएको स्थानीयले बताएका छन् । हाल डुबानमा परेको बस्तीबाट उद्धार गरिएकाहरुलाई सुरक्षित स्थानमा राखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी