×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार सय रुपैयाँले घटेर एक लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १८९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २४ हजार ३ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २३ हजार ७ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२० रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी