×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियाका एक संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु, मृत्यु हुनेमा ६४ वर्षिय पुरुष

PRIME CA

बर्दियाका एक संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु, मृत्यु हुनेमा ६४ वर्षिय पुरुष

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

बर्दिया । बर्दियाका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ । 
मृतक ४ गते बिहान अस्पताल भर्ना भएका थिए । असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनलाई कोरोना पुष्टि भएको थियो। फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेका मात्रै ७ जनाको मृत्यु भएको छ। यस्तै बाँकेमा हालसम्म कुल ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: