Skip to content
LAXMI SUNRISE BANK

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर एक लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २४ हजार दुई सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २३ हजार ६ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६१६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK