काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै मोदीले ओलीलाई बधाई दिएका हुन् ।
बधाई दिँदै मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । साथै मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन् ।
यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मोदीले व्यक्त गरेका छन् ।