काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९०० रुपैयाँले बढेर एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ९०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २६ हजार ७ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २६ हजार १ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६०७.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।