काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार ल्याउने भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार शुक्रबार बोर्डबाट निर्णय गरेर सो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम छ भने मौद्रिक नीति सार्वजनिक गरेपछि पत्रकार सम्मेलन गरेर नीतिबारे सवाल जवाफ गर्ने कार्यक्रमको तयारी राष्ट्र बैंकले गरेको छ । मंगलबार साँझ मन्त्रीसँग छलफल गर्नुअघि गभर्नर अधिकारीले बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पनि भेटघाट गरेका थिए ।
चौतर्फी रुपमा उठेका समस्याहरुलाई समाधान गर्नेगरी नीति ल्याउने तयारीमा राष्ट्र बैंक रहेको बुझिएको छ ।
सेयर बजारका लगानीकर्ताहरुलाई केहि सर्प्राइज गुड न्युज दिनेगरीसमेत छलफल भए पनि त्यसले अन्तिम रुप पाउला कि नपाउला भन्ने विषय यसै भन्न नसकिने राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । १५ र २० करोडको सेयर धितो कर्जाको नीति केहि पुनरावलोकन गर्ने विषयमा आन्तरिक छलफल भईरहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।
यो मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीको पहिलो कार्यकालको अन्तिम मौद्रिक नीति हो । उनलाई गभर्नरका रुपमा दोहोर्याउन सत्ता पक्ष नै तयार भएपछि स्वयम् गभर्नर अधिकारीले पनि यो मौद्रिक नीति आफ्नो पहिलो कार्यकालको अन्तिम भएको तर आफ्नो अन्तिम मौद्रिक नीति नभएको आशय विभिन्न बैठकहरुमा राख्दै आएका छन् । सेयर बजारका लगानीकर्ताहरुले गभर्नर परिवर्तन होस् भन्ने चाहिरहेका बेला सो माहोललाई सकारात्मक बनाउन पनि केहि बजारमैत्री व्यवस्था ल्याउने कुरामा गभर्नर पोजेटिभ रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्