- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ७ सयले घटेर प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।