Skip to content
LAXMI SUNRISE BANK

फोनपेले ल्यायो ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ योजना, प्रोमोकोड प्रयोग गरी आइफोन जित्न सकिने

अर्थ सरोकार

काठमाडौं । भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीले जनाएको छ ।

यो अभियान २ महिनासम्म चल्नेछ अर्थात् भदौ ३१ मा समाप्त हुनेछ । अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई मेगा उपहार ‘आइफोन-१५ प्रो’ दिने कम्पनीले जनाएको छ । यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपेबाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड ‘fonepay direct’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैंकिङ एप प्रयोग गरेर फोनपे डाइरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

‘हामी फोन पे डिरेक्टस: पैसा पठाऔँ ठाउँ को ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं’ फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने,
‘यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।’

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK