×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

७ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाल रहेका छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ पचली भैरवबाट जैसवाललाई शुक्रबार पक्राउ हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी