
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा असोज २८ गते बस्ने भएको छ । संस्थाको उक्त सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संस्थाले १०% बोनस सेयर र कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सेयर संरचना पनि परिवर्तन गर्ने भएको छ । संस्थाले हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ ।
सभा प्रयोजनका लागि नाडेपले असोज १४ गते बुक क्लोज गर्दैछ । असोज १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्