काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएका छन् ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गति दिनु सरकारको मूल ध्येय रहेको स्पष्ट पारे ।
‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरुको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवाब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’
व्यापार व्यवसाय खस्किएर लामो समयदेखि समस्यामा परेका उद्योगी व्यवसायीको मनोबल उकास्ने गरी सरकारले आफ्ना गतिविधि अघि बढाउने मन्त्री पौडेलले बताए । उनले लघुवित्त र सहकारीमा गम्भीर समस्या देखिएकाले त्यसलाई निराकरण र व्यवस्थापन पनि जरुरी रहेको औंल्याए ।
त्यसैगरी, अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । ‘सरकारका नीति र वित्त नीतिको स्पिरिटअनुसार मौद्रिक नीति ल्याउनेमा केन्द्रीय बैंक सदैव सचेत रहन्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भने, ‘सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्नै पर्दैन ।’
अहिले अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको र केही नकारात्मक रहेको उनले बताए । ‘नकारात्मक सूचकलाई सकारात्मक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताको उच्च उपयोग गर्ने सरकारको तयारी छ,’ अर्थमन्त्री पौडेलले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्