काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ४ घर भएर कलङ्की बस्दै आएका ३२ वर्षीय किरन सिंह साउद रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले साउदलाई कालिमाटीबाट पक्राउ गरेको हो ।
त्यस्तै, हरिस भाटको जाहेरीले १२ लाख बिगो भएको मुद्दामा उनीविरुद्ध कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । किरनको थप अनुसन्धान र कारबाहीको लागि अपराध अनुसन्धान कार्यालयले कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।