
देशमा एकात्मक राज्य प्रणाली हुँदा, बर्षौंसम्म ‘दूरी’लाई दोष दिएर सरकारले सुदूरपश्चिमलाई सधैं पक्षपात गरिरह्यो । देश संगीयतामा गएसँगै घरघरमा सिंहदरबार पुग्छ भन्ने धेरैको अपेक्षा थियो । सुदूरका जनताले पनि सुख पाउने दिन आयो भन्ने उत्साह थियो धेरैमा । तर आजको दिनसम्म आइपुग्दा जनताले बुझिसके- ‘मात्र व्यवस्था बदलिएछ देशमा । अझै पनि जनताको अवस्था बदलिएको छैन ।’ जनताको अवस्थामा कुनै पनि प्रगति नआउँदा, अहँ ! संघीयताको महसुस जनतामा छैन । ठुलाठालुहरुले सुदूरको बिकटतालाई ‘मागी खाने भाँडो’ बनाइरहेका छन् । सुदूरपश्चिममा भ्रष्टाचार मौलाएको तथ्य घामजस्तै छर्लंग छ । र त जनताहरु भनिरहेका छन् – ‘सूर्य पनि अस्ताउन मात्र आउँछन् हाम्रो सुदूरपश्चिममा ।’
अर्कोतर्फ सुदूर सम्भावनाको खानी हो । व्यापारिक ‘हब’ हो । सुदूरको सम्भावनालाई बुझ्ने हो भने सुदूर समृद्धिको अथाह भण्डार हो । सुदूरपश्चिम सुन्दर र बलियो अर्थतन्त्रको अझ सुन्दर स्वरूप हो । अहिले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको दाबी गर्छ सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिमको योगदान पनि उस्तै गज्जबको छ समग्र देशको आर्थिक समृद्धिका खातिर ।
हो, हामी समृद्ध सुदूरपश्चिमको यात्रामा खबरदारीसहितको खबरकर्म गर्न चाहान्छौं । सुदुरको बिकटताभित्रका अनेक समस्या, सुदूरमा हुने भ्रष्टाचार, अनियमितताबारे जनतालाई थप छर्लंग पार्न चाहान्छौं । हो, हामी सुदूरपश्चिमका सम्भावनालाई सम्मान गर्दै समृद्ध सुदुरपश्चिमका लागि केहि योगदान दिने संचारमाध्यम बन्न चाहान्छौं । र त्यसैका लागि हाम्रो निरन्तर खबरकर्मी जारी छ, र जारी रहनेछ ।
यसो त नेपालको आर्थिक क्षेत्रको अग्रणी समाचारमध्यम अर्थ सरोकारले सुदूरपश्चिम प्रदेशका गतिविधिहरुलाई पहिलादेखि नै प्राथमिकता दिंदै आएको थियो । साप्ताहिक रुपमा हामीले ‘मिसन सुदूरपश्चिम’नामक कार्यक्रममार्फत सुदूरपश्चिमको समृद्धिका खातिर मिडिया मिसन चलाईनै रहेका थियौं । र यो मिसन थप सशक्त बबनाएर अव थप दृढताका साथ अगाडी बढाउने प्रयास गरिरहेका छौं ।
अव सुदूरपश्चिमका हरेक आर्थिक गतिविधिमाथि हामी सुक्ष्म नजर राख्नेछौं । सुदूरपश्चिमको आर्थिक नगरी धनगढीमा कार्यालय रहेको अर्थ सरोकार सुदूरपश्चिम ब्युरोले पूरै सुदूरपश्चिम प्रदेशभर रहेका हाम्रा प्रतिनिधिहरुको सहकार्यमा हामी सुदूरपश्चिमका हरेक आर्थिक गतिविधिलाई हाम्रा स्रोता, पाठक र दर्शकसमक्ष ल्याउनेछ ।
यो बीचमा हामीलाई तपाईंहरुको सहयोग र साथको खाँचो छ । बलियो अर्थतन्त्रसहितको सुदूरपश्चिमका खातिर हामीले गरिरहेको खबरकर्ममा तपाईं दर्शक, स्रोता, पाठक, विज्ञापनदाता र अन्य शुभचिन्तकहरुको साथ, सहयोग र मायाको अपेक्षा गरेका छौं ।
हामी हाम्रो खबरकर्ममा कहिले पनि हार्नेछैनौं, कहिले पनि थाक्नेछैनौं । कि त जित्नेछौं, कि त सिक्नेछौं !!
सुदूरपश्चिम प्रदेशबाट संचालिन हुनेगरी नेपालको पहिलो ‘आर्थिक प्रदेश पोर्टल’ तपाईं गौरवान्वित छौं !!
जय सुदूरपश्चिम !!
-सुरज प्याकुरेल
प्रधान सम्पादक, अर्थ सरोकार डटकम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्